न्यायिक समिति सदस्यहरु

यस मध्यपुर थिमी नगरपालिकामा बसोबास गर्दै आउनुभएका जनसमुदायमा केहि विवाद तथा उजुरी सम्बन्धि छलफल गर्नुपर्ने भएमा हामीलाई सम्पर्क गर्नुहोस |

बिजय कृष्ण श्रेष्ठ

नगर उप-प्रमुख (न्यायिक समिति संयोजक)

तुल्सीराम प्रजापति

सदस्य

रन्जय कार्की

सदस्य

राम बहादुर के.सी.

प्रमुख प्रशाकीय अधिकृत


आफ्नो विवाद/उजुरी ट्रयाक गर्नुहोस |

कृपया अधिकारिक केस नम्बर राखी आफ्नो मुद्धा/मामिलाको स्थिति बुझ्नुहोस् |

हाम्रो बारेमा

भक्तपुर जिल्ला, बागमती प्रदेश अन्तर्गत पर्ने मध्यपुर थिमि नगरपालिकाको गठन वि.स. २०५३ साल चैत्र १४ गते तत्कालिन बोडे, नगदेश, चपाचो, बालकुमाारी र दिव्यश्वरी गाउँ विकास समितिहरुलाई एक आपसमा गाभी बनाइएको हो । तत्कालीन अवस्थामा स्थानीय निकायको रुपमा रहेको यस मध्यपुर थिमि नगरपालिकामा १७ वटा वडा भएकोमा नयाँ संविधानको प्रावधान बमोजिम स्थानीय तहको रुपमा गठन हुँदा ९ वटा वडा कायम भएको छ । यस नगरको पूर्वमा भक्तपुर र चाँगुनारायण नगरपालिका, पश्चिममा काठमाडौ महानगरपालिकाको सिनामंगल, उत्तरमा कागेश्वरी मनोहरा नगरपालिका र दक्षिणमा सुर्यबिनायक नगरपालिका र महालक्ष्मी नगरपालिका पर्दछन् । विश्व मान चित्रमा यो नगरपालिका २७०४०' देखि २७०४२' उत्तरी अक्षांशसम्म र ८१०२२'३०" पूर्व देखि ८५०२५'०" देशान्तरसम्म फैलिएर रहेको छ । वि.सं. २०६८ सालको जनगणना अनुसार यस नगरपालिका क्षेत्रमा महिला ४०,३१३ र पुरुष ४२,७२३ गरी कुल जनसंख्या ८३,०३६ रहेकोमा हाल १००,००० भन्दा माथि जनसंख्या पुगेको अनुमान छ । ११.४७ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो नगर समुन्द्री सतहवाट १३२६ मिटरको उचाईमा अवस्थित छ । यस नगरपालिकाले जिल्लाको कूल भूभागको (११९ वर्ग कि.मि.) ९.६ प्रतिशत भूभाग ओगटेको छ । यो शहर ऐतिहासिक, कला, संस्कृति र शिल्पकारिताका कारण विश्वप्रसिद्ध छ । समशितोष्ण हावापानी भएको यस नगरपालिकामा औसत तापक्रम न्यूनतम १ डिग्री सेल्सीयस देखि ३५ डिग्री सेल्सीयससम्म पुग्ने गर्दछ । नगरपालिका क्षेत्रमा औसत वर्षा १२३.१ मिलिमिटर सम्म हुने गर्दछ ।



न्यायिक समिति व्यवस्थापन सूचना प्रणाली बारेमा

आजको यस बिज्ञान तथा टेक्नोलोजीको युगमा न्यायिक समिति व्यवस्थापन सूचना प्रणालीले नेपालका स्थानीय तहहरुमा निकै प्रभाब र महत्व रहेको छ । न्यायिक समिति संचालन सम्बन्धि जति पनि कार्यहरुलाई सूचना प्रविधिबाटै अध्यावधिक गर्न यस सफ्टवेयरले भूमिका पुराउने तथा हिजोका दिनहरुमा नगरपालिकामा दर्ता भएका सम्पूर्ण विवाद तथा उजुरीहरुलाई डीजिटाइज गरि क्लाउडमा व्यवस्थित र सुरक्षित गरि चाहेको बेलामा जुन सुकै मुद्धा मामिला तह विवाद सम्बन्धि सम्पूर्ण जानकरी हेर्न र प्रिन्ट गर्न मिल्ने तरिकाले व्यवस्थित गर्दछ । यस सफ्टवेयरको प्रयोगले स्थानीय तहलाई पेपरलेस बनाउन र नेपाल सरकारको E-Governance नीति कायम गर्न पनि मद्धत गर्दछ ।

मध्यपुर थिमि नगरपालिका, न्यायिक समिति ले प्रचलित कानुन बमोजिम उजुरीको कारबाही र किनारा गर्दा अपनाउनु पर्ने कार्यविधि तय गरि स्पष्टता, एकरुपता एबम् पारदर्शिता कायम गरि कानुनको शासन तथा न्याय प्रतिको जन बिश्वास कायम राखिरहनको लागि प्रचलनमा रहेको सङघीय कानुनमा भएदेखि बाहेक थप कानुनी व्यवस्था गर्न बान्छनीय भएकाले,

नेपालको संविधानको धारा २२१ को उपधारा (१) बमोजिम तथा स्थानीय सरकार संचालन एन २०७४ को दफा १०२ को उप दफा(२) ले दिएको अधिकार प्रयोग गरि मध्यपुर थिमी नगरपालिकाको सातौ नगरसभाले यो ऐन बनाई जारी गरेको छ |

  • विवाद/उजुरी दर्ता

  • अर्को तारिख

  • अपिल तथा पुनरावेदन

  • मेलमिलाप कर्ता तथा न्यायिक समिति सदस्यहरुको फोटो सहितको विवरण

  • लिखित जवाफ

  • नगरपालिकाको न्यायिक समितिले दिने सम्पूर्ण आदेश पत्र

  • वडा कार्यालयबाट मेलमिलाप कर्ता द्वारा मेलमिलाप

  • उप-प्रमुखको रोहबरमा नगरपालिकाबाट निर्णय

  • विवाद तथा उजुरीको सम्पूर्ण अनुसूची तथा प्रतिवेदन

सम्पर्क गर्नुहोस

हाम्रो ठेगाना

थिमि, भक्तपुर, बागमती प्रदेश, नेपाल,

ईमेल

law@madhyapurthimimun.gov.np

सम्पर्क गर्नुहोस

01-6637652
9841715419